मोटरसाइकल दुर्घटनामा परी चितवनमा तीन जनाको मृत्यु

२०७८ फाल्गुण २८ शनिबार ०९:०२:०० मा प्रकाशित

मुग्लिन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा  तीन जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका २ वल्र्याङबाट शक्तिखोरतर्फ गइरहेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दुर्घटना हुँदा मोटसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चितवनको इच्छाकामना–३ का ३० वर्षीया तृकी गुरुङ र उनका छोरा ५ वर्षीय आरोन गुरुङ र इच्छाकामना–२ बस्ने वर्ष ३४ को नवीन गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

नवीन गुरुङ भने नाताले तृकी गुरुङकी भदै हुन् । मोटरसाइकल सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । उनीहरुको शव परीक्षणको लागि भरतपुर अस्पतालमा पठाइएको छ ।

ताजा खबर