रुससँग युद्ध लड्न युक्रेनमा सेना पठाउँदैनौंः बाइडेन

२०७८ फाल्गुण २८ शनिबार ०८:३२:०० मा प्रकाशित

अमेरिकाले रुससँग युद्ध लड्न युक्रेनमा सेना नपठाउने बताएको छ । सामाजिक संजालमार्फत अमेरिकी राष्ट्रपति जो बाइडेनले रुससँग युद्ध लड्न युक्रेनमा सेना नपठाउने बताएका हुन् ।

उनले नेटो क्षेत्रको हरेक इन्च जमिन रक्षा गर्न आफूहरू तयार रहेको तर युक्रेनमा रुसविरुद्ध युद्ध नलड्ने बताएका छन् । बाइडेनले रुस र नेटोबीचको सिधा टकराव तेस्रो विश्वयुद्ध हुने पनि बताएका छन् ।

उनले भनेका छन्, ’रुस र नेटोबीचको सिधा टकराव भनेको तेस्रो विश्वयुद्ध हो जसलाई रोक्न हामीले प्रयास गर्नुपर्छ । फेब्रुअरी २४ देखि रुसले युक्रेनमा लगातार आक्रमण गरिरहेको छ । पटक पटक वार्ता भएपनि उनीहरुबीच युद्धविरामको प्रयास भने सफल हुन सकेको छैन ।

ताजा खबर