माओवादी सांसद विष्टद्वारा पार्टी परित्याग

२०७८ फाल्गुण २७ शुक्रबार १९:२८:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभाका सांसद ठम्मर बहादुर बिष्टले पार्टी छाडेका छन् । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गरी सांसद बिष्टले आफ्नो पार्टी माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरित संसदबाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् ।

उनले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजीनामा दिएको बताए । उनले पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई बिरोधमा सडकमा उतार्ने र आफूले पर्दा पछाडि अनेक खालका चलखेल गरेको आरोप लगाए ।

 

ताजा खबर