युक्रेनले प्रशिक्षित दस्तालाई मात्र अग्रमोर्चामा पठाउने

२०७८ फाल्गुण २७ शुक्रबार ११:५७:०० मा प्रकाशित

युक्रेनको रक्षा मन्त्रालयले रुसविरुद्ध लड्नका लागि नयाँ गठन गरिएको अप्रशिक्षित मानिसहरूको दस्तालाई लडाइँको अग्रमोर्चामा नपठाइने जनाएको छ । रुसी फौजसँग लड्न अस्त्र उठाइरहेका नागरिकहरूको समूह युक्रेनमा गठन गरिएको छ । रक्षामन्त्री एलेक्सी रेज्निकोले आफ्नो सेनाले धेरै शत्रुलाई रोक्न सक्ने बताए ।

उनले राम्ररी प्रशिक्षित र अस्त्रले सुसज्जित दस्तालाई मात्र अग्रमोर्चामा पठाउने बताए । भर्ती भएका गैरसनिकहरूले आफूहरू रहेको स्थानबारे सेनालाई जानकारी गराइरहन र स्थानीय भर्ती केन्द्रसँग सम्पर्कमा रहन उनले आग्रह गरे ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि भूमिरक्षा एकाइमा एक लाख जति युक्रेनीहरू भर्ती भइसकेका छन् । रक्षामन्त्रीका अनुसार लडाइँमा सहभागी हुन भन्दै दुई लाखभन्दा बढी युक्रेनीहरू स्वदेश फर्किसकेका छन् ।

ताजा खबर