भारतको पञ्जाबमा आम आदमी पार्टीलाई तीन चौथाइ मत

२०७८ फाल्गुण २६ बिहीबार २२:४१:०० मा प्रकाशित

भारतको पञ्जाव राज्यमा आम आद्मी पार्टी (एएपी)ले तीन चौथाई मत प्राप्त गरेको छ । विधान सभाका लागि भएको निर्वाचनमा अत्याधिक मत पाएसँगै पञ्जाब प्रदेशको सरकार आम आद्मीले नै बनाउने भएको छ ।

न्यून आय भएका र मध्यम वर्गीय व्यक्तिहरूले आम आद्मीलाई मन पराएको पाइएको र आम आद्मीले चमत्कार गरेको टिप्पणी भएको छ । स्थानीय समय अनुसार बिहीबार बेलुका ६ बजेसम्म, कुल ११७ प्रदेश सभा सदस्य मध्ये ८९ मा आम आद्मीले जित हासिल गरिसकेको छ ।

त्यसैगरी अहिले मत गणना भइरहेका मध्ये ३ ठाउँमा अग्रता कायम गरेको निर्वाचन अधिकारीहरूले जानकारी दिएका छन् । प्रदेश सरकारमा रहेको दल कांग्रेसले भने १५ ठाउँमा मात्रै जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ । अहिले मत गणना भइरहेका मध्ये काँग्रेस पनि तीन सिटमा अग्रस्थानमा देखिएको छ ।

अत्याधिक मत ल्याएकोले आम आद्मी पार्टीले भगवन्त मानलाई मुख्य मन्त्री बनाउने भएको छ । उनलाई पार्टीले निर्वाचन अगाडि नै मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अगाडि सारेको थियो ।

ताजा खबर