सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ र उच्च अदालतमा कुँवरको नाम सिफारिस

२०७८ फाल्गुण २६ बिहीबार २०:३७:०० मा प्रकाशित

काठमाडौं । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरिएको छ । बिहीबार बसेको न्याय परिषद्को बैठकले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको हो ।

परिषद्को बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबाबु कुँवरलाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने  निर्णय समेत गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बसेको परिषद्को बैठकले न्यायाधीशहरुको नियुक्ति तथा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । संविधानको धारा १२९ को उपधारा (२)मा न्याय परिषद्को सिफारिसमा राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।

ताजा खबर