अमेरिकी संसदद्वारा युक्रेनी सहायता प्याकेज पारित

२०७८ फाल्गुण २६ बिहीबार १२:०३:०० मा प्रकाशित

अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजजेन्टटीभ्सका सदस्यहरूले युक्रेनका लागि १३.६ अर्ब डलर बराबरको आपतकालीन सहायता प्याकेज अनुमोदन गरेका छन् ।

माथिल्लो सदन सिनेट आउँदा केही दिनभित्र त्यसलाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ । सहायता रकममध्ये आधार युक्रेनको रक्षा खर्च र आधा शरणार्थी सहायताका लागि दिइएको हो । राष्ट्रपति जो बाइडनले १० अर्ब डलर बराबरको सहायताका लागि अनुरोध गरेका थिए।

ताजा खबर