अब रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न पाइने

२०७८ फाल्गुण २५ बुधबार २१:५१:०० मा प्रकाशित

काठमाडौँ । सरकारले रात्रिकालीन व्यवसाय सञ्चालनमा लगाएको समयसीमा हटाएको छ। अब रात्रिकालिन व्यवसाय रातभर सञ्चालन गर्न पाउने भएका छन् ।

रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने विषयमा अध्ययन गर्न गृहमन्त्री बालकृष्ण खाँणले १४ सदस्यीय समिति बनाएका थिए। समितिले दिएको सुझावका आधारमा व्यवसाय खुला गरिएको हो ।

समितिले शान्ति सुरक्षालगायतका विषयलाई अध्ययन गरेर चौबिसै घण्टा व्यवसाय खोल्न दिने सुक्षाव दिएको थियो । गृह मन्त्रालयले सबै जिल्लाका प्रहरी प्रशासनमा चौविसै घण्टा व्यवसाय खोल्ने वातावरण बनाउन पत्रचार समेत गरिसकेको छ । यसअघि प्रहरी प्रशासनले १० बजेपछि कुनै पनि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिएको थिएन।

ताजा खबर