रुसी हवाई आक्रमणमा सुमीमा २२ जनाको मृत्यु

२०७८ फाल्गुण २५ बुधबार २१:४८:०० मा प्रकाशित

युक्रेनको सुमी सहरमा भएको एउटा हवाई आक्रमणमा २२ जनाको मृत्यु भएको छ । मृतकमध्ये तीन बालबालिका छन् । सुमीका प्रशासक दिमित्रो झिभित्सकीका अनुसार रुसले आवासीय क्षेत्रमा राति बम आक्रमण गरेको थियो। उनले त्यसलाई सामूहिक हत्याको सङ्ज्ञा दिएका छन् ।

उनले एकै रातमा तीनवटा बम प्रहार गरिएको बीबीसीलाई बताए । एउटै घरमा नौ जनाको मृत्यु भयो। छवटा घर ध्वस्त भए भने २० वटामा आंशिक क्षति पुगेको छ । रुसले उक्त सहरमा बम आक्रमण गर्न रोक्ने र मानिसहरुलाई अन्यत्र जान बाटो दिने बताएपछि सुमीबाट अहिेलसम्म ५ हजार मानिसलाई अन्यत्र पठाइएको छ।

ताजा खबर