२२४ जनामा कोरोना संक्रमण पुष्टि

२०७८ फाल्गुण २५ बुधबार १९:४१:०० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा ६ हजार ९३६ जनाको पीसीआर परीक्षण गर्दा ६८ जनामा र तीन हजार १५६ जनाको एन्टिजेन परीक्षण गर्दा १५१ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा २५१ जना सङ्क्रमणमुक्त भएका मन्त्रालयका प्रवक्ता डा संगीता कौशल मिश्राले जानकारी दिइन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा हाल पाँच हजार ६९२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

ताजा खबर