सभामुख र फ्रान्सका संसदीयमैत्री समूहका अध्यक्षबीच भेट

२०७८ फाल्गुण २५ बुधबार १५:१९:०० मा प्रकाशित

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटा र फ्रान्स–नेपाल संसदीय मैैंत्री समूहका अध्यक्ष भेरोनिक रिटन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ ।

बुधबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा सभामुख सापकोटाले अध्यक्ष रिटन नेतृत्वको प्रतिनिधिमण्डलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा उनले दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध अझै सुमधुर भएर जाने विश्वास व्यक्त गरेका सभामुखको निजी सचिवालयले जनाएको छ ।

उता, अध्यक्ष रिटनले दुई मुलुकबीचको विकास साझेदारीलाई अझ गतिका साथ अघि बढाउन आफूहरु अझै सक्रियताका साथ लागिपर्ने बताएकी थिइन् । भेटवार्तामा दुवै मुलुकका संसदीय अभ्यास र त्यसका अनुभवहरुबारे पनि छलफल गरिएको थियो ।

ताजा खबर