युक्रेन छोड्नेमध्ये आठ लाख बालबालिका

२०७८ फाल्गुण २५ बुधबार १२:०१:०० मा प्रकाशित

रुसले आक्रमण गरेपछि युक्रेन छोडेर भागेका २० लाख मानिसमध्ये झन्डै आठ लाख बालबालिका रहेका सेभ द चिल्ड्रेनले बताएको छ । उसकाअनुसार तीमध्ये धेरै जनाले एक्लै यात्रा गरिरहेका छन् ।

संस्थाकी इरिना सागोयानले भनिन्,‘बाबुआमाहरू आफ्ना सन्तानलाई जोगाउन एकदमै खतरनाक, मन कुँडिने खालका उपाय अवलम्बन गरिरहेका छन्। तीमध्ये आफू घरमै बसेर तिनका लागि सुरक्षा खोज्न सुरक्षा छिमेकी र इष्टमित्रसँग युक्रेनबाहिर पठाउनु पनि पर्छ ।’

जापोरिज्यास्थित घरबाट एक्लै हिँडेका एक ११ वर्षीय बालक १२ सय किलोमिटर लामो रेलयात्रा गरेर स्लोभाकिया आइपुगेको विवरण मंगलबार प्रकाशित गरिएको थियो । युक्रेन छोडेका आधाभन्दा बढी शरणार्थीहरू पोल्यान्ड अनि त्यसपछि हङ्गेरी र स्लोभाकिया गइरहेका छन् ।

 

ताजा खबर