भेनेजुएलाले तेल उत्पादन बढाउन सक्ने

२०७८ फाल्गुण २५ बुधबार ०९:०७:०० मा प्रकाशित

भेनेजुएलाले रुसी तेल प्रतिस्थापनका लागि सहयोग गर्न आफ्नो तेल उत्पादन प्रतिदिन चार लाख ब्यारलले वृद्धि गर्ने भएको छ । भेनेजुएलाको तेल च्याम्बरका प्रमुख रेनाल्डो क्विन्टेरोले आफ्नो उत्पादन स्तरलाई हालको दैनिक आठ लाख ब्यारलबाट बढाएर १२ लाख ब्यारल पुर्याउन सक्ने पूर्वाधार रहेको बताएका छन् ।

अमेरिकी प्रतिबन्धहरूको सामना गरिरहेका राष्ट्रपति निकोलास मडुरोको सरकारसँग भेटघाटका लागि हालै अमेरिकी अधिकारीहरूले अप्रत्याशित रूपमा उक्त देशको भ्रमण गरेको खबरमाझ उनको उक्त भनाइ आएको हो । यद्यपि अमेरिकी कङ्ग्रेसका केही सदस्यहरू रुसको अटल साझेदार भेनेजुएलासँग सम्बन्ध पुनर्स्थापित गर्ने कोसिसको कडा आलोचक रहँदै आएका छन्।

ताजा खबर