रंगेली नगर प्रमुख अग्रवाल पार्टीबाट निस्कासित

२०७८ फाल्गुण २४ मंगलबार १२:११:०० मा प्रकाशित

काठमाडौँ । मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडिया (अग्रवाल)लाई माओवादी केन्द्रले कारबाही गरेको छ । माओवादी केन्द्रका प्रदेश एकका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले विज्ञप्ति जारी गरी पार्टीले फागुन १५ गतेदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी उनलाई निष्कासन गरेको जनाएका हुन् ।

उनलाई पालिका प्रमुखको पदबाट पनि निष्कासन गर्न निर्वाचन आयोगमा सिफारिस गरेको नेम्वाङले जानकारी दिएका छन् । अग्रवाल नेकपा एमालेमा प्रवेश गर्न लागेको बताइएको छ । विज्ञप्तिमा अग्रवालले छर्ने कुनै पनि भ्रमको पछाडि नलाग्न रंगेली नगर कमिटीका स्थानीय नेता कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तकमा अपील गरिएको छ ।

ताजा खबर