विश्व बैंकले युक्रेनलाई ७० करोड डलर सहायता दिने

२०७८ फाल्गुण २४ मंगलबार ११:५१:०० मा प्रकाशित

विश्व बैंकले युक्रेनका लागि ७० करोड डलर बराबरको ऋण तथा अनुदान प्याकेज अनुमोदन गरेको छ । अस्पतालका कर्मचारीलाई तलब खुवाउन, वृद्धवृद्धालाई निवृत्तिभरण दिन र जोखिम समूहका मानिसका लागि सामाजिक कार्यक्रम सञ्चालन गर्न युक्रेनी सरकारलाई यो रकमले सहयोग पुर्याउने बैंकले जनाएको छ ।

केही रकमका लागि स्विडेन र द नेदरल्यान्ड्स जमानी बसिदिनेछन् । विश्व बैंकको उक्त प्याकेजका लागि ब्रिटेन, डेनमार्क,लाटिभिआ र लुथिआनिआ लगायत देशले पनि सहयोग गरेका छन् ।

ताजा खबर