युक्रेनी नागरिकलाई सुरक्षित स्थानमा जान दिन राष्ट्रसंघको अपील

२०७८ फाल्गुण २४ मंगलबार १०:३४:०० मा प्रकाशित

मानवीय सहायतासम्बन्धी राष्ट्रसङ्घीय निकायका प्रमुखले युक्रेनका सर्वसाधारणलाई सुरक्षित ठाउँतर्फ जान दिन एउटा अपील गरेका छन् । न्यूयोर्कस्थित सुरक्षा परिषद्को आपतकालीन बैठकमा मार्टिन ग्रिफिथ्सले युद्धका कारण युक्रेनमा फसेका लाखौँ सर्वसाधारणको दयनीय अवस्था रहेको भन्दै उनीहरुलाई सुरक्षित स्थानतर्फ जान दिन अपील गरेका हुन् ।

हिंसा, डर र पीडामा मानिसहरूले समय बिताइरहेको उनले बताएका छन् । रुसी आक्रमणमा परेका क्षेत्रबाट जुनसुकै ठाउँ वा दिशातर्फ स्वेच्छिक रूपमा मानिसहरूलाई जान दिन उनले आग्रह गरे । राष्ट्रसङ्घका लागि रुसी राजदूतले भने सर्वसाधारणलाई जान नदिएको कुरा अस्वीकार गरेका छन् ।

 

ताजा खबर