युक्रेन-रुस युद्धमा रुसी उच्च सैन्य अधिकारीको मृत्यु

२०७८ फाल्गुण २४ मंगलबार १०:२३:०० मा प्रकाशित

युक्रेनको रक्षा मन्त्रालयका अनुसार खार्किभमा जारी युद्धका क्रममा एक जना रुसी उच्च सैन्य अधिकारी मारिएका छन् । रुसी अधिकारीहरूले पनि यस विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।

युक्रेनको रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिका अनुसार भीताली जेरासाइमोभ युद्धका क्रममा मारिएका हुन् । कैयौँ अन्य वरिष्ठ रुसी सैन्य अधिकारीहरू पनि घाइते भएका र मारिएको बताइएको छ ।

युक्रेनी गुप्तचर निकायका अनुसार जेरासाइमोभ दोस्रो चेचेन युद्ध अनि सिरियामा भएको रुसी सैन्य कारबाहीमा सहभागी भएका थिए । ‘क्राइमिया पुनः नियन्त्रणमा लिए पश्चात उनले पदक प्राप्त गरेका थिए ।

ताजा खबर