नागार्जुनमा एकैपरिवारका पाँच जनाद्वारा आत्महत्याको प्रयास, एकको मृत्यु

२०७८ फाल्गुण २४ मंगलबार ०८:१०:०० मा प्रकाशित

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ६ डाडापौवामा पाँच जनाले सामूहिक विष सेवन गरेका छन् । पाँच मध्ये एक जनाको भने मृत्यु भएको छ ।

स्थानीय उद्धवराज पुरीको घरको दोस्रो तलामा भाडामा बस्दै आएका काठमाडौं डल्लुकी ६२ वर्षीया ईन्दिरामाया प्रधानको परिवारका सदस्यले विष सेवन गरेका हुन् । विषादी सेवन गरी बेहोस अवस्थामा रहेको थाहा पाएपछि प्रहरीले तत्काल उपचारको लागि उनीहरुलाई मनमोहन मेमोरियल अस्पताल स्वयम्भू लगेको थियो ।

तर उपचारका क्रममा ३३ वर्षीय सुर्वणमान प्रधानको गएराति नै मृत्यु भएको छ । ६२ वर्षीया ईन्दिरामाया प्रधान, ३८ वर्षीय भिममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधान अचेत अवस्थामा छन् । उनीहरुको उपचार भइरहेको छ । घटनास्थलमा ’सुसाइट नोट’समेत फेला परेको प्रहरीले जनाएको छ । 

ताजा खबर