राष्ट्रसंघको बडापत्रको आधारमा राष्ट्रसंघमा युक्रेनका पक्षमा मतदान : परराष्ट्रमन्त्री

२०७८ फाल्गुण २३ सोमबार १५:४२:०० मा प्रकाशित

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले रूसले आक्रमण गरेको युक्रेनको पक्ष लिनु कुनै गुटमा लाग्नु नहुने बताएका छन् । सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले संयुक्त राष्ट्रसंघको बडापत्रको आधारमा राष्ट्रसंघमा मतदान गरेको बताएका हुन् ।

उनले असंलग्न परराष्ट्र नीतिअनुसार नै युक्रेनको पक्षमा नेपाल उभिएको बताए । उनले युक्रेनमा भएको आक्रमणले ठूला र साना देशकाबीचको सम्बन्धलाई समेत खलल पुर्याउने देखिएकाले बिरोध गरेको बताए ।

संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्को आपतकालीन बैठकमा हरेक स्वतन्त्र राष्ट्रको सार्वभौमिकता स्वीकार गर्नुपर्छ भनेर जोडदार रुपमा युक्रेनको पक्षमा आफ्नो अडान राखेको उनले दाबी गरे । उनले ५३३ जना नेपाली युक्रेनबाट बाहिरिएको जानकारी दिए। युक्रेनबाट वाहिरिएका नेपालीहरु पोल्याण्ड, हङ्गेरी लगायतका देशहरुमा रहेका उनको भनाई थियो ।

ताजा खबर