नेप्से सामान्य अंकले बृद्धि

२०७८ फाल्गुण २३ सोमबार १५:३९:०० मा प्रकाशित

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक नेप्समा सोमबारको कारोबारमा सामान्य अंकले बढेको छ । साताको दोस्रो कारोबारको दिन सोमबार एक अंकले बढेको हो । सोमबार २५४३.३९ बाट सुरु भएको सेयर बजार परिसूचक बन्द हुने समयमा परिसूचक बिन्दू २५४४.९३ अंकमा पुगेर कारोबार बन्द भएको हो।

अर्थात् सोमबार बजार परिसूचक १.५४ अंकले उकालो लागेको छ । आजको कारोबारमा सेयर बजार परिसूचक ०.०६ प्रतिशतले बढेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स २.१४ अंक अर्थात ०.४४ प्रतिशतले बढेर ४९२.२७ अंकमा उक्लिएको छ । सोमबार २३० कम्पनीको २ अर्ब ६० करोड ९ लाख ३० हजार ४ सय ३ रूपैयाँ बराबरको ५३ लाख १५ हजार २ सय ९२ कित्ता सेयर ४० हजार १ सय ३० पटक खरिद बिक्री भएको छ ।

सामान्य अंकले बजार बढ्दा आज कारोबार भएका कम्पनीहरूमध्ये ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ३२ कम्पनीको सेयर मूल्य घटेको छ । बोटलर्स नेपाल तराई लिमिटेड, सामूदायिक लघुवित्त वित्तिय संस्था, इमर्जिङ नेपाल लिमिटेड, समता घरेलु लघुवित्त तथा नेपाल दुरसञ्चार प्राधिकरण सर्वाधिक कारोबार गर्ने पाँच कम्पनी रहेका छन् ।

समूहगत परिसूचकतर्फ पाँच परिसूचक सेयर मूल्य बढ्दा बाँकी समूह घटेका छन्। बैंकिङ समूह, होटेल तथा पर्यटन समूह, निर्जीवन बीमा समूह, म्यानिफ्यकचरिङ एण्ड प्रोडक्सन समूह तथा अन्य समूह बढ्दा बाँकी ८ समूहको सेयर मूल्य ओरालो लागेको हो ।

आज सर्वाधिक गुमाउनेमा पाँचथर पावर कम्पनी लिमिटेड,पञ्चकन्या माई हाइड्रो पावर लिमिटेड,कर्पोरेट डेभलोमेन्ट बैंङ्क, बरूण हाइड्रो पावर, माउन्टेन हाइड्रो नेपाल लिमिटेड रहेका छन् ।

ताजा खबर