नोबेलका अनसनरत विद्यार्थीलाई पढ्ने वातावरण बनाउन संसदीय समितिको निर्देशन

२०७८ फाल्गुण २३ सोमबार १३:२६:०० मा प्रकाशित

काठमाडौं । संसदीय समितिले एक हप्ताभित्र नोबेल मेडिकल कलेजका अनसनरत विद्यार्थीलाई पढ्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।

सोमबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले फागुन ढिलोमा एक हप्ताभित्र विद्यार्थीको समस्या समाधान गरी उनीहरुलाई पढ्ने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको हो । समितिकी सभापति जयपुरी घर्तीले आगामी तीन महिना कलेजले अतिरिक्त कक्षा सञ्चालन गरेर भएपनि विद्यार्थीहरुको कोर्ष पूरा गरिदिनुपर्ने बताइन् ।

उनले विद्यार्थीहरु पढ्न छोडेर अनसन बस्ने हदसम्म कलेजले पुर्याएको भन्दै तत्काल समस्या समाधान गरी विद्यार्थीहरुलाई पढ्ने वातावरण बनाउन निर्देशन दिइन् ।

सभापति घर्तीले नेपालमा कानून आफ्नो हातमा लिएर स्वार्थ पूरा गर्ने काम भइरहेको भन्दै यसको अन्त्य गर्नुपर्ने बताइन् । सभापति घर्तीले हरेक मेडिकल कलेजले चिकित्सा शिक्षा ऐनलाई कार्यान्वयन गरेर विद्यार्थीको भविष्यलाई उज्यालो बनाउनु पर्ने बताइन् ।

ताजा खबर