ललितपुरमा एकै घरमा पाँच जना मृत फेला

२०७८ फाल्गुण २३ सोमबार १२:०६:०० मा प्रकाशित

काठमाडौं । ललितपुरमा एकै घरका पाँच जना मृत फेला परेका छन् । ललितपुरको कोन्ज्यासोम गाउँपालिका वडा नम्बर ४ नल्लुस्थित एक घरमा चार जना मृत फेला परेका हुन् ।

घरमा सुतिरहेका चारजनाको शव फेला परेको हो । मृत्यु हुनेहरुमा ५५ वर्षीय काइली स्याङ्ताङ, २२ वर्षीय शुष्मा स्याङ्ताङ, ९ वर्षीय आशिष स्याङताङ ५ वर्षीय आशा स्याङताङ रहेका छन् ।

यस्तै, दुई दिने शिशुको भने उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो। २२ वर्षीय सुवास स्याङ्ताङको भने अस्पतालमा उपचार भइरहेको छ । महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् । घटनास्थलमा प्रहरीले कोइला बलेको जस्तो र बान्ता गरेको जस्तो देखिएको जानकारी दिएको छ ।

ताजा खबर