संयुक्त राष्ट्रसंघद्वारा पाकिस्तानमा भएको बम हमलाको निन्दा

२०७८ फाल्गुण २३ सोमबार ११:५६:०० मा प्रकाशित

संयुक्त राष्ट्रसंघले पाकिस्तानको पेसावरमा हालै भएको हिंसात्मक हमलाको निन्दा गरेको छ ।संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले विज्ञप्ति जारी गरी हत्याको निन्दा गर्नुका साथै त्यसमा संलग्न दोषीाई कडाभन्दा कडा कारबाही हुनुपर्ने बताएको हो ।

यस्ता अपराधहरु अब कदापि नदोहोर्याउन र आगामी दिनमा यस्ता अपराधमा संलग्न हुनेहरुलाई कडा कारबाही गरी नागरिकको शान्तिपूर्वक बाँच्न पाउने अवस्थाको सिर्जना गर्न विज्ञप्तिमा आग्रह गरिएको छ । पाकिस्तानको उत्तर पश्चिमी पेसावर शहर खैबर पख्तुनख्वा प्रान्तको एक मस्जिदमा गएको शुक्रबार आतंककारीहरुले भीषण बम हमला गरेका थिए ।

शक्तिशाली विस्फोटमा परी दर्जनौँ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । पाकिस्तानका अधिकारीले यो सर्वसाधारणलाई लक्षित गरी गराएको आत्मघाती बम विस्फोट भएको बताएका छन् । प्रत्यक्षदर्शी मश्ताक खानले प्रार्थनाको समयमा विस्फोट भएको र मस्जिदको दुई तले भवनमा ठूलो संख्यामा उपासकहरू उपस्थित भएको बताए ।

 

ताजा खबर