तेलको मूल्य १३ वर्षयताकै उच्च

२०७८ फाल्गुण २३ सोमबार ०९:३५:०० मा प्रकाशित

संयुक्त राज्य अमेरिकाले रुसबाट हुने तेल आपूर्तिमा प्रतिबन्ध लगाउने विषयमा छलफल भइरहेको बताएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेर सन् २००८ यताकै सबैभन्दा उच्च भएको छ । एशियाको बजारमा कच्चा तेलको बेन्चमार्क ’ब्रेन्ट क्रुड’ बढेर १३९ डलर प्रतिब्यारल नाघेको थियो। तर पछि १३० डलरभन्दा कममा आइपुग्यो ।

एक ब्यारलमा झन्डै १५९ लिटर हुन्छ । रुसले युक्रेनमा आक्रमण गरेपछि आपूर्तिमा अवरोध सिर्जना हुने डरले इन्धनको बजार प्रभावित भएको छ । पेट्रोलियम पदार्थको खुद्रा मूल्य बढेकाले उपभोक्ताहरू पनि प्रत्यक्ष प्रभावित भएका छन्।

ताजा खबर