युक्रेनी परमाणु केन्द्रलाई लिएर राष्ट्रसंघको चिन्ता

२०७८ फाल्गुण २३ सोमबार ०९:०१:०० मा प्रकाशित

परमाणु ऊर्जा नियमनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुखले युक्रेनी परमाणु केन्द्र तथा त्यसका पर्यवेक्षकहरू रुसी नियन्त्रणमा रहेकाबारे गम्भीर चासो व्यक्त गरेका छन् ।

आईएईएका प्रमुख रफाएल ग्रोसीका अनुसार युक्रेनी निकायलाई जोपोरिज्या परमाणु ऊर्जा केन्द्रका आफ्ना कर्मचारीहरूसँग सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको छ । रुसी फौजले मोबाइल नेटवर्क र इन्टरनेट काटिदिएपछि भरपर्दो सूचना आउन नसकेको उनले बताएका छन् ।

फ्रेन्च राष्ट्रपतिसँग कुराकानीका क्रममा रुसी राष्ट्रपतिले युक्रेनी परमाणु ऊर्जा केन्द्रहरूमाथि हमला गर्ने कुनै मनशाय नरहेको बताएका छन्।

ताजा खबर