वरिष्ठ वामपन्थी नेता कृष्णराज वर्माको निधन

२०७८ फाल्गुण २२ आइतबार २०:३३:०० मा प्रकाशित

काठमाडौँ । राजनीतिज्ञ कृष्णराज बर्माको निधन भएको छ । वर्माको ९२ वर्षको उमेरमा धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा आइतबार निधन भएको हो । छातीमा संक्रमण देखिएपछि वर्मालाई फागुन ९ गते चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार नभएपछि फागुन १४ गते उनलाई ह्याम अस्पतालमा भर्ना गरिएको थियो । २००७ सालको क्रान्तिमा सप्तरीको हनुमाननगर क्षेत्रमा होमिएका वर्मा लामो समयसम्म वामपन्थी आन्दोलनमा सक्रिय नेता हुन् । छोरी शिलाका अनुसार वर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । वर्माका श्रीमती, ३ छोरा, ४ छोरी छन् ।

ताजा खबर