वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम र जेद्दामा उडान भर्ने

२०७८ फाल्गुण २२ आइतबार १९:१६:०० मा प्रकाशित

काठमाडौँ । नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम र जेद्दामा उडान भर्न पाउने भएको छ । प्रधिकरणले साउदी अरेबियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा निगमलाई उडान अनुमति दिएको हो ।

यस उडान अनुमति अनुसार नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउनेछ । निगमले अप्रिल २०२२ बाट नै व्यावसायिक योजना अनुरुप काठमाडौं– रियाद –काठमाडौं सेक्टरमा साताको तीन वटा नियमित उडान सुरु गर्ने निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छन् ।

ताजा खबर