पल शाहलाई थप १२ दिन थुनामा राख्न अदालतको अनुमति

२०७८ फाल्गुण २२ आइतबार १६:३४:०० मा प्रकाशित

तनहुँ । अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

यसअघि दिइएको ७ दिनको समय अपुग भएपछि प्रहरीले आइतबार म्याद थपका लागि प्रहरीमा उपस्थित गराएकोमा थप १२ दिन समय पाएको हो । १७ वर्षीया किशोरीले आफू बलात्कृत भएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि शाह पक्राउ परेका हुन् । फागुन १५ मा शाह जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए ।

ताजा खबर