तनहुँको व्यासमा लागेको आगलागी नियन्त्रणको प्रयास जारी

२०७८ फाल्गुण २२ आइतबार १२:२५:०० मा प्रकाशित

दमौली । तनहुँको व्यास नगरपालिका–४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा आइतबार आगलागी भएको छ । भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो ।

आगलागी नियन्त्रणको प्रयास भइरहपनि आगो नियन्त्रणमा आउन सकेको छैन । के कारणले आगो लागो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रण गर्न काठमाडौंबाट सिम्रिक एयरको हेलिकोप्टर त्यसतर्फ उडेको छ । श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठले गृह मन्त्रालयको समन्वयमा हेलिकोप्टर लिएर घटनास्थल पुगेको उनका स्वकीय सचिव जगत खड्काले जानकारी दिएका छन् ।

ताजा खबर