सुनको मूल्य तोलाको एकलाख नाघ्यो

२०७८ फाल्गुण २२ आइतबार ११:३६:०० मा प्रकाशित

काठमाडौं । सुनचाँदी बजारमा आइतबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख एक हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको पहेँलो धातु आइतबार एकैदिन प्रतिताला दुई हजारले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ४०० रुपैयाँ तोकिएको छ । सोको मूल्य गत शुक्रबार प्रतितोला ९९ हजार ४०० रुपैयाँ तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३५ रुपैयाँले बढेर एक हजार ४१५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

विश्व बजारमा सुनचाँदीको मूल्य बढेअनुसार नै आज नेपालको बजारमूल्यमा प्रभाव परेको महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिए । आज अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔँस एक हजार ९७० डलर आसपास कारोबार भइरहेको छ ।

ताजा खबर