युक्रेनको पक्षमा लड्न करिब तीन हजार अमेरिकी स्वयंसेवी खटिने

२०७८ फाल्गुण २२ आइतबार ११:३६:०० मा प्रकाशित

रुसी आक्रमणविरुद्ध लड्न युक्रेनले विदेशी स्वयंसेवकहरूलाई आह्वान गरेको थियो । त्यसका लागि करिब तीन हजार अमेरिकीले जवाफ दिएको वाशिङ्टन डीसीस्थित युक्रेनी दूतावासका प्रतिनिधिले बताएका छन् ।

पश्चिमा राष्ट्रहरूले युक्रेनमा लड्नका लागि सेना पठाएका छैनन्। तर, लडाइँमा सहयोग गर्न युक्रेनलाई हतियार पठाउँदै आएका छन् । उनीहरूले रुस र रुसी नेताहरूविरुद्ध आर्थिक प्रतिबन्धहरू समेत लगाएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अन्य वरिष्ठ युक्रेनी अधिकारीहरूले युद्ध लड्नका लागि सहयोग पुर्याउन विदेशी स्वयंसेवकहरूको अन्तर्राष्ट्रिय सेना गठन गर्न आह्वान गरेका हुन् । केही दिन अघि, जेलेन्स्कीले लगभग १६ हजार विदेशीहरूले युक्रेनलाई लडाइँमा मद्दत गर्न स्वयंसेवा गरेको अनुमान गरेका थिए।

ताजा खबर