भोताङलाई पाँचपोखरी क्रिकेटको उपाधि

२०७८ फाल्गुण २२ आइतबार ०८:५०:०० मा प्रकाशित

सिन्धुपाल्चोक । पाँचपोखरी टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पाँचपोखरी भोताङ टिमले जितेको छ । मूलपानीस्थित खेलमैदानमा शनिबार भएको फाइनलमा पाँचपोखरी क्रिकेट टिमलाई ६८ रनले पराजित गर्दै सो टिमले उपाधि उचालेको हो । पहिले ब्याटिङ गरेको भोताङ टिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२४ रन बनाएको थियो ।

जवाफी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाँचपोखरी टिम ५६ रनमा अलआउट भयो । जितसँगै उपाधि विजेता पाँचपोखरी भोताङ टिमले नगद ७५ हजार नगद पुरस्कार पाएको छ । उपविजेता पाँचपोखरी टिमले ४० हजार नगद पाएको छ । प्रतियोगितमा जिल्लाका सात टिम सहभागी थिए । प्रतियोगितामा बेस्टबलर आर्यान धिताल, बेस्ट व्याटस्म्यान रेन्जिङ लामा, म्यान अफ दि सिरीज सार्थक धिताल चुनिए ।

नेपाल क्रिकेट सङ्घका कोषाध्यक्ष रोशनकुमार सिंह, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले पुरस्कार वितरण गरे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले खेतको गराबाट सुरु भएको क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा खेल्नु विशेष उपलब्धिमूलक भएको बताए । गाउँपालिकाले विसं २०७४ देखि निरन्तररूपमा जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर जिल्लास्तरीय क्रिकेट प्रतियोगिताका तीन संस्करण सम्पन्न गरेको थियो ।

ताजा खबर