कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल चयन

२०७८ फाल्गुण २१ शनिबार १६:४१:०० मा प्रकाशित

चितवन । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल चयन भएका छन् । दोस्रो चरणको प्रतिस्पर्धामा रहेका मिलनबाबु श्रेष्ठले समर्थन गरेपछि खनाललाई सभापति घोषणा गरिएको हो ।

चितवन कांग्रेसको सभापति पदका लागि बिहीबार पाँच जनाले मनोनयन दायर गरेका थिए । शुक्रबार भएको निर्वाचन परिणाममा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदान शनिबारका लागि तय भएको थियो ।

तर प्रतिस्पर्धामा रहेका श्रेष्ठले पनि खनाललाई नै समर्थन गरेपछि निर्वाचन समितिले खनाल सभापतिमा चयन भएको घोषणा गरेको हो । पहिलो चरणमा खनालले ७४६ र श्रेष्ठले ६६२ मत पाएका थिए ।

 

ताजा खबर