पोखरा-जनकपुरधाम सिधा उडान सुरु

२०७८ फाल्गुण २१ शनिबार १४:३१:०० मा प्रकाशित

जनकपुरधाम । बुद्ध एयरले शनिबारदेखि पर्यटकीय नगरी पोखराबाट धार्मिक नगरी जनकपुरधामको सिधा उडान शुरू गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित १८ यात्रु लिएर बुद्ध एयरको जहाज शनिबार जनकपुरधाम विमानस्थलमा अवतरण गरेको हो । यस्तै जनकपुरधामबाट १६ यात्रुलाई लिएर सोही जहाज पोखरा फर्किएको थियो ।

शनिवारदेखि शुरु भएको जनकपुरधाम—पोखरा विमान सेवाको शुभारम्भ मुख्यमन्त्री पोखरेलको जनकपुरधाम भ्रमणबाट नै भएको हो । उनलाई स्वागत गर्न जनकपुरधाम विमानस्थलमा मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतो सहित सचिवहरु र जनकपुरधामस्थित उद्योगी व्यवसायी तथा विभिन्न कार्यालयका प्रमुखहरु पुगेका थिए ।

जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले आजको दिन आफ्ना लागि ऐतिहासि दिन रहेको बताए ।

मुख्यमन्त्री पोखरेल मधेश प्रदेशको भ्रमणका क्रममा प्रदेशको जनकपुर—जयनगर रेलवे, धनुषाधामस्थित धनुष मन्दिर, बाराको गढीमाई र सर्लाहीको भरत तालको अवलोकन सहित र अन्तर प्रदेश पर्यटन प्रबद्र्धन सम्बन्धी अन्तरक्रिया लगायतका कार्यक्रममा सहभागी हुनेछन् ।

ताजा खबर