रुसमा फेसबुक, ट्विटर र युट्युबमाथि प्रतिबन्ध

२०७८ फाल्गुण २१ शनिबार ०९:२८:०० मा प्रकाशित

रुस सामाजिक सञ्जालमाथि कठोर बन्दै गएको छ । आफ्नै देशभित्र युक्रेन आक्रमणको विरोध भएपछि रुसले फेसबुकपछि ट्विटर र युट्युबमा पनि प्रतिबन्ध लगाएको छ । रुसमा युट्युब, ट्विटर र फेसबुक सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल हुन् ।

रुसको देशको मिडिया नियमाक रोस्कोमनाडजोरले ट्विटर र युट्युबमा प्रतिबन्ध लगाएको रुसी समाचार सेवा तासले जनाएको छ । रुसले युक्रेनमा २४ फेब्रुअरीदेखि आक्रमण सुरु गरेको थियो । उक्त आक्रमण सुरु भएदेखि नै रुसको चौतर्फी आलोचना हुँदै आएको छ ।


 

ताजा खबर