‘बी’ डिभिजन लिगमा मध्यपुरको जित

२०७८ फाल्गुण २० शुक्रबार १८:२९:०० मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा मध्यपुर युथ एशोसियशनले विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा भएको खेलमा मध्यपुरले सामाजिक युवा क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

मध्यपुरका लागि सञ्जीव थापा मगरले दुई गोल गर्दा सन्नी लामा, धीरज श्रेष्ठ र जेनिश प्रजापतिले एक/एक गोल गरे । सामाजिक युवाका लागि विकास दर्जी र वसन्तबहादुर रानाले एक÷एक गोल गरे । खेलको चौथो मिनेटमा सन्नी लामाले गोल गर्दै मध्यपुरलाई अग्रता दिलाएका थिए । सञ्जीवले खेलको आठौँ मिनेटमा मध्यपुरको अग्रता दोब्बर बनाएका थिए ।

तर सामाजिक युवाका विकास दर्जीले १६औँ मिनेट तथा वसन्तबहादुरले २१औँ मिनेटमा गोल गर्दै खेललाई दुई÷दुई को बराबरीमा ल्याए । सञ्जीवले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मध्यपुरलाई पुन अग्रता दिलाउदा धीरजले ५४औँ मिनेट तथा जेनिशले ७४औँ मिनेटमा गोल गर्दै मध्यपुरको जित सुनिश्चत गरे ।

ताजा खबर