पाकिस्तानमा मस्जिद नजिकै वम विस्फोट, ३० जनाको मृत्यु, ५६ घाइते

२०७८ फाल्गुण २० शुक्रबार १६:०४:०० मा प्रकाशित

पाकिस्तानको एउटा मस्जिदनजिकै भएको बम विस्फोटनको घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले अरु ५६ जना घाइते भएका र ती मध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।

घाइतेहरुको अवस्था हेर्दा मृतकको सङ्ख्या बढ्न सक्ने चिकित्सकहरुले अनुमान गरेका छन् । देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने खैबर पख्तुन्ख प्रान्तको पेशावर सहरमा शुक्रबार घटना भएको प्रहरीले जनाएको छ ।

विस्फोटनको सूचना पाउने वित्तिकै सुरक्षाकर्मीहरु घटनास्थलमा पुगेका थिए । प्रहरीले तत्कालै घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएको थियो । सुरक्षाकर्मी तथा उद्धारकर्ताहरुले घटनामा पिडित भएकाहरुलाई तत्कालै उद्धार गरेर स्थानीय विभिन्न अस्पताल लगेका थिए ।

ताजा खबर