युरोपकै ठूलो परमाणु ऊर्जा केन्द्रमा आगलागी

२०७८ फाल्गुण २० शुक्रबार १०:५१:०० मा प्रकाशित

युक्रेनको आपत्कालीन सेवाले जापोरिज्या परमाणु ऊर्जा केन्द्रमा लागेको आगो निभाइएको जनाएको छ । सामाजिक सञ्जालमा लेख्दै स्टेट इमर्जन्सी सर्भिसले शुक्रबार बिहान ६ः२० बजे जापोरिज्या परमाणु ऊर्जा केन्द्रको तालिम भवनमा लागेको आगो निभाइएको जानकारी दिएको हो ।

उसका अनुसार उक्त आगलागीमा कोही पनि परेको छैन । रुसी आक्रमणका कारण युरोपको सबैभन्दा ठूलो उक्त परमाणु ऊर्जा केन्द्रमा आगलागी भएको थियो ।

ताजा खबर