आजदेखि मतदाता नामावलीमा दाबी विरोध

२०७८ फाल्गुण २० शुक्रबार ०८:२१:०० मा प्रकाशित

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी–विरोध सुरु भएको छ । मतदाता नामावलीको अन्तिम टुंगो लगाउनका लागि आयोगले समय उपलव्ध गराएको आयोगले जनाएको छ ।

कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन पाइनेछ ।

आयोगकाअनुसार यो अवधिमा मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिइनेछ । दाबी–विरोधका लागि परेको निवेदनका आधारमा आयोगले छानबिन गरेर मतदाताको अन्तिम नामावली प्रकाशन गर्नेछ।

ताजा खबर