पेट्रोलियम पदार्थको फेरि मूल्य बृद्धि

२०७८ फाल्गुण १९ बिहीबार २१:१७:०० मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्य बढाएको छ । यसअघि मूल्य बढाएको दुई हप्तामै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले बिहीबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर १५० रुपैयाँ पुर्याएको छ । डिजेल/मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर पाँच रुपैयाँले बढाएर १३३ रुपैयाँ पुर्याइएको छ । निगमले एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ । यसअघि निगमले फागुन ७ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

ताजा खबर