रुसले क्षतिको आर्थिक मूल्य चुकाउनुपर्छः जेलेन्स्की

२०७८ फाल्गुण १९ बिहीबार २०:०८:०० मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशमा रुसले गराएको क्षतिका लागि उसलाई आर्थिक मूल्य चुकाउन लगाइने बताएका छन् । उनले क्षतिपूर्तिको मुद्दा उठाएर युक्रेनमा क्षति पुगेका सबै घर र सडक पुरानै रूपमा बनाइने बताए ।

यसैबीच रुसको आक्रमण भने आठौँ दिन पनि जारी छ । राजधानी किएभको उत्तरतर्फ रहेका रुसी बख्तरबन्द गाडीका लस्कर यथावत रहेका छन् । दक्षिणमा रहेको रणनीतिक मारिउपोल बन्दरगाहमा बमबारी हुने क्रम जारी छ ।

अधिकारीहरूले रुसमाथि सहर घेरेर गैरसैनिक संरचनालाई निसाना बनाएको आरोप लगाएका छन् । दुवै पक्षले उपलब्ध गराएका मारिएका वा घाइते भएका रुसी फौजको सङख्या एकदमै भिन्न छ । तर ती कुनै पनि सङ्ख्याको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

ताजा खबर