लिग २ का लागि १६ सदस्यीय नेपाली टोली घोषणा, चार खेलाडी बाहिरिए

२०७८ फाल्गुण १९ बिहीबार १९:३८:०० मा प्रकाशित

काठमाडौं । नेपाल क्रिकेट संघले यूएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ का १६ सदस्यीय टोलीको घोषणा गरेको छ । क्यानले बिहीबार १६ सदस्यीय टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक पुबुदु दशानायकेले पहिलो चरणमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा अन्तिममा १६ खेलाडीलाई छनोट गरेका छन् ।

यूएई जानुअघि नेपाली टिमले श्रीलंकामा करिब एक साता प्रशिक्षण गर्नेछ । नेपाली टिमले यूएई जानुअघि एक साता श्रीलंकामा प्रशिक्षण गर्नेछ । जसमा उसले चार वटा अभ्यास खेल पनि खेल्नेछ । नेपाली टिम शनिबार श्रीलंका जाने भएको छ । श्रीलंकामा नेपालले पहिलो श्रेणीका टिमसँग अभ्यास खेल खेल्नेछ । त्यसपछि टिम १४ मार्चमा यूएई प्रस्थान गर्नेछ ।

नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा चैत दुई गते पपुवा न्युगिनि (पीएनजी)विरुद्ध खेल्नेछ । फागुन ४ गते घरेलु टोली यूएईविरूद्ध खेल्नेछ । चैत ७ गते पुनः यूएईविरुद्ध दोस्रो खेल खेल्नेछ । चैत ८ गते पीएनजीविरूद्ध दोस्रो खेल खेल्नेछ ।

नेपाली टोली
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र माल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कमलसिंह ऐरी, विवेककुमार यादव, सागर ढकाल, पवन सरराफ, करण केसी, विनोद भन्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, बिक्रम सोब, भीम सार्की ।

टिम व्यवस्थापक: – कैलाश विष्ट
मुख्य प्रशिक्षक : पुबुदु दासानायाके
सहायक प्रशिक्षक : प्रकाश शर्मा
फिजियो : विक्रम न्यौपाने
टेक्निकल एनालिस्ट : रमण शिवाकोटी
ट्रेनर : राज शर्मा

 

ताजा खबर