प्रचण्ड र मेरो बीचमा छलफल जारी छ, अतिरञ्जना नगरौंः नारायणकाजी

२०७८ फाल्गुण १९ बिहीबार १९:२१:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको मतभेदलाई अतिरञ्जित ढंगले नबुझ्न आग्रह गरेका छन् ।

एमसीसी प्रकरणका कारण माओवादी विभाजनको संघारमा पुगेको खबर सार्वजनिक भइरहेका बेला बिहीबार सामाजिक संजालमार्फत श्रेष्ठले पार्टीभित्रको अन्तरविरोधलाई अतिरञ्जित ढंगले नबुझ्न आग्रह गरेका हुन् ।

उनले यस विषयमा पार्टी अध्यक्ष प्रचण्ड र अन्य नेताहरुसँग छलफल भइरहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हाम्रो पार्टी भित्र देखिएको मतभेद र अन्तविरोधलाई लिएर विभिन्न सञ्चार माध्यममार्फत विभिन्न ढङ्गले प्रचार भैरहेको सम्बन्धमा बिषयलाई अतिरञ्जित ढङगले नबुझ्न सबैसँग अनुरोध गर्दछु । अध्यक्ष कमरेड प्रचण्ड र मेरो बीचमा छलफल जारी छ र अन्य नेतृत्वदायी कमरेडहरुसँग पनि छलफल भैरहेको छ ।’

ताजा खबर