स्थानीय तह निर्वाचनका लागि आठ अर्ब ११ करोड बजेट सुनिश्चित

२०७८ फाल्गुण १९ बिहीबार १७:०१:०० मा प्रकाशित

काठमाडौं । सरकारले आसन्न स्थानीय तह निर्वाचनका लागि आठ अर्ब ११ करोड रुपैयाँ सुनिश्चित गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडलले निर्वाचनका लागि अर्थ मन्त्रालयबाट आठ अर्ब ११ करोड रुपैयाँ सुनिश्चित भएको जानकारी दिएका हुन् ।

आयोगले आठ अर्ब ९५ करोड रुपैयाँ माग गरेको थियो । अहिले मागअनुसार नभए पनि आवश्यक परेको खण्डमा बजेट उपलब्ध गराउने जानकारी आएको उनले बताएका छन् । यसैगरी स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलको निवेदनका सम्बन्धमा जाँचबुझ भइरहेको आयोगले जनाएको छ ।

ताजा खबर