राष्ट्रसंघमा नेपालसहित १४१ देशद्वारा युक्रेनको पक्षमा मतदान

२०७८ फाल्गुण १९ बिहीबार ०८:४२:०० मा प्रकाशित

काठमाडौं । रुसी आक्रमणविरुद्ध संयुक्त राष्ट्रसंघमा नेपालसहित १४१ देश युक्रेनको पक्षमा मतदान गरेका छन् । बुधबार राति संयुक्त राष्ट्रसंघको विशेष महासभामा भएको मतदानमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको हो।

छिमेकी भारत र चीन भने मतदानमा अनुपस्थित रहे । एक सातादेखि रुसले युक्रेनमाथि आक्रमण गरिरहेको छ। त्यसको विरोध गर्दै राष्ट्रसंघले प्रस्ताव पारित गरेको हो। राष्ट्रसंघले लडाइ रोक्न र युक्रेनबाट आफ्ना सैनिक फिर्ता लग्न माग गर्दै प्रस्ताव पारित गरेको हो । उत्तर कोरिया, सिरिया, बेलारूस र इरिट्रियाले यो प्रस्तावको विपक्षमा मतदान गरेका छन् ।

चीन र भारतसहित ३५ देश भने मतदानमा सहभागी भएनन्। उनीहरुले यसमा अनुपस्थित रहे । यसअघि राष्ट्रसंघको सुरक्षा परिषद्ले प्रस्ताव पारित गर्न खोज्दा रुसले भिटो प्रयोग गरेको थियो। जसका कारण महासभा बोलाइएको थियो ।

राष्ट्रसंघको महासभाले पारित गरेको प्रस्ताव बाध्यकारी हुँदैन। तर, रुसलाई कूटनीतिक रुपमा भने यसले विश्वबाट एक्ल्याएको छ । रुसी आक्रमणको नेपालले शुरुवातदेखि नै विरोध गर्दै आएको छ ।

ताजा खबर