आफ्ना पाँचसय सैनिक मारिएका रुसको दाबी

२०७८ फाल्गुण १९ बिहीबार ०८:१२:०० मा प्रकाशित

युक्रेनमाथिको आक्रमणका क्रममा आफ्ना सैनिकको हताहतीबारे रुसी रक्षा मन्त्रालयले पहिलो पटक विवरण सार्वजनिक गरेको छ । उसका अनुसार करिब पाँच सय सैनिक मारिएका छन् भने झन्डै १६ सय सैनिक घाइते भएका छन् ।

तर विश्लेषकहरूले त्यो सङ्ख्या निकै बढी हुनसक्ने बताएका छन् । यद्यपि हताहतीबारे मस्कोले दिएको विवरणले रुसी फौजले युक्रेनको तर्फबाट कडा प्रतिवादको सामना गर्नुपरेको देखाएको विश्लेषकहरूको ठहर छ।

ताजा खबर