संसद बैठक आइतबारसम्मका लागि स्थगित

२०७८ फाल्गुण १८ बुधबार १३:४४:०० मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको बैठक एकछिन बसेर स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै नेकपा एमालेका सांसदहरुल वेल घेरेर नाराबाजी सुरु गरेका थिए ।

एमाले सांसदको नाराबाजीकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश गरेका थिए ।

त्यस लगत्तै सभामुखले प्रतिनिधिसभाको अर्को बैठक फागुन २२ गते बस्नेगरी स्थगित गरेका छन् । आफूले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै एमालेले भदौदेखि निरन्तर संसदमा नाराबाजी गर्दै आएको छ ।

ताजा खबर