एमसीसीमा भएका राष्ट्रघाती कुरा सुधार नगरी पास गरियोः झलनाथ खनाल

२०७८ फाल्गुण १८ बुधबार १२:१०:०० मा प्रकाशित

विराटनगर । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमसीसीको व्याख्यात्मक घोषणालाई ‘न्यानो थाङ्नो’ को संज्ञा दिएका छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै खनालले व्याख्यात्मक घोषणा नेपालका नेताहरूलाई आनन्दपूर्वक सुतुन् भनेर बनाइएको एउटा न्यानो थाङ्नो मात्रै भएकोे बताएका हुन् ।

उनले यो इतिहासको लज्जाजनक विषयको भएको समेत बताए । उनले एमसीसी संसदबाट अनुमोदन गर्दासमेत प्रक्रिया नपुगेको बताए । खनालले भने, ‘संसदमा यसबारे छलफल गर्ने वातावरणनै बनेन । सांसदहरूलाई हेरेको हेर्यै पारेर जबरजस्ती माथिबाट पेलेर पास गरियो । त्यहाँभित्र अनेकौँ राष्ट्रघाती कुरा भएपनि अहिले एउटा सिकाको सुतारीसमेत सुधारिएको छैन ।’

सदनमा प्रस्तुत भएको प्रस्ताव सदनभर नै छलफल गर्नुपर्नेमा त्यसो नभएको उनले बताए ।

ताजा खबर