प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

२०७८ फाल्गुण १८ बुधबार ०८:०४:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकनबीच टेलिफोन वार्ता भएको छ । मंगलबार साँझ प्रधानमन्त्री देउवालाई अमेरिकी विदेशमन्त्री ब्लिकनले फोन गरेका हुन्।

टेलिफोन वार्तामा युक्रेनमाथिको रुसीका आक्रमणका विषयमा छलफल भएको छ । अमेरिकी विदेशमन्त्री ब्लिकनले ट्वीट गर्दै युक्रेनमाथिको रुसी आक्रमणका विषयमा छलफल भएको जानकारी दिएका छन् ।

उनले भने, ‘आज नेपालका प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी भयो। रूसको अप्रत्यासित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको लागि दुई देशको समर्थनका विषयमा छलफल भयो।’

त्यस्तै प्रधानमन्त्री देउवासँग नेपालको आर्थिक विकास र क्षेत्रीय चुनौतीका विषयमा पनि छलफल भएको ब्लिकनले जनाएका छन्। आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामाना गर्न मिलेर काम गर्ने विषयमा कुराकानी भएको उनले बताए ।

 

Good call today with Nepal’s Prime Minister @SherBDeuba to discuss Russia’s unprovoked attack and our support for Ukraine's sovereignty and territorial integrity. We will continue to work closely together on economic development and regional challenges.

— Secretary Antony Blinken (@SecBlinken) March 1, 2022

 

ताजा खबर