१५८ जनामा कोरोना संक्रमण, २ को मृत्यु

२०७८ फाल्गुण १७ मंगलबार १६:४२:०० मा प्रकाशित

काठमाडौं । नेपालमा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७७०७६ पुगेको छ । त्यस्तै ३५४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९५७१७६ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११,९३८ पुगेको छ । क्वारेन्टाइनमा १०६ जना छन् भने आइसोलेसनमा ७,९७१ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
 

ताजा खबर